अहिलेसम्म शव नपाएपछि आफन्त र परिवारजन आक्रोशित

पाेखरा | माघ २, २०७९

अहिलेसम्म शव नपाएपछि आफन्त र परिवारजन आक्रोशित


काठमाण्डौंबाट पोखरा आउने क्रममा दुर्घटनामा परेको विमान दुर्घटना भएको २४ घण्टा बितिसक्दा पनि शव नपाएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जम्मा भएका आफन्तजन एवं परिवारका सदस्यहरु आक्रोशित भएका छन् । 

 

परिवारजनलाई आज शव दिइने जानकारी गराइएको थियो । सोही जानकारीअनुसार त्यहाँ भेला भएका आफन्तहरुले प्रक्रिया लामो भएको र मिटिङमात्रै बसेको भन्दै रोष प्रकट गरेका छन् । सञ्चारमाध्यमसँग प्रत्यक्ष कुरा गर्दै आफन्तजनहरुले आक्रोशित हुँदै भने ‘हामी हाम्रो मान्छेको शव आफै झिकेर लान्छौं, यहाँ रोक्न पाइँदैन ।’

 

त्यस्तै, उनीहरुले मृतकका आफन्तहरु देशभरबाट भेला भइसक्दा पनि शवको पोष्टमार्टम किन हुन सकेन ? भन्दै प्रश्न गरेका छन् । 

 

‘हिजो घटना घट्यो, अझै मिटिङ भन्दै हामीलाई थप दुखित बनाउने ?’ उनीहरुको प्रश्न छ । 

 

सम्बन्धित निकायले बीमा दाबी गर्न प्रक्रिया पु¥याउने भन्दै स्थितिबारे जानकारी गराउँदा पनि पीडितहरुको आक्रोश थामिएको छैन । प्रतिष्ठानले भने शवको पोष्टमार्टम भइरहेको जानकारी गराउँदै यथाशक्य चाँडो शव उपलब्ध गराउने जनाएको छ । 

 

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन–एन एएनसी एटीआर ७२–५०० विमान अवतरणअघि दुर्घटना भएको थियो ।

 

विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेकोमा ६८ जनाको मृत्यु  भएको पुष्टि भएको छ भने अन्य बेपत्ता छन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्